चन्द्रगिरीको तीनथानामा ट्रक र स्कुटर ठोक्किए, दुईजनाको मृत्यु
annapurnapost.com · Mon Jul 27 04:56:27 GMT 2026

काठमाडौं : चन्द्रागिरि नगरपालिका-१५ तीनथानास्थित सडकखण्डमा सोमबार बिहान दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। स्कुटर र मिनी ट्रक ठोक्किँदा स्कुटरमा सवार दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
सोमबार बिहान ०२:५८ बजेतिर सतुंगलबाट कलंकीतर्फ आउँदै गरेको बा.प्र.०२-०३८ प ९८९७ नम्बरको स्कुटर र सोही दिशातर्फ आउँदै गरेको लु १ क ४२५६ नम्बरको मिनी ट्रक एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
Read full story at source (annapurnapost.com)