चारदिने भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानन्यायाधीश शर्मा
shilapatra.com · Mon Jul 27 05:09:00 GMT 2026
चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा आज स्वदेश फर्किएका छन् । उनी भारतीय समकक्षी सूर्य कान्तको निमन्त्रणमा यही ७ साउनमा त्यसतर्फ प्रस्थान गरेका थिए ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार भ्रमणका क्रममा प्रधानन्यायाधीश डा. शर्माले समकक्षी कान्तसँग दुईपक्षीय भेटवार्ता गरी दुई देशबीच न्याय आदानप्रदान गर्ने विषयमा कुराकानी भएको थियो । प्रधानन्यायाधीश डा. शर्माले भारतको सर्वोच्च अदालतको अवलोकन एवं न्यायसम्पादका बारेमा जानकारी समेत लिएका थिए ।
Read full story at source (shilapatra.com)