सुनसरी झडप र गोली प्रहारको घटनाबारे निष्पक्ष छानबिन गर्न सांसद थापाको माग
himalpress.com · Mon Jul 27 05:18:52 GMT 2026

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद लालविक्रम थापाले सुनसरीको देवानगञ्जस्थित कप्तानगञ्जमा प्रहरीले चलाएको गोलीबाट २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु तथा अन्य व्यक्ति घाइते भएको घटनाप्रति भर्त्सना गरेका छन्।
झडपस्थलमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै सांसद थापाले सामान्य विवादका क्रममा छातीलगायत शरीरका अङ्ग ताकेर सिधै गोली चलाइएको आरोप लगाए । उनले थप व्यक्ति हताहत भएको हुन सक्ने आशङ्का व्यक्त गर्दै घटनाबारे प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकले जिम्मेवार जवाफ नदिएको भन्दै असन्तुष्टि जनाए ।
Read full story at source (himalpress.com)