काठमाडौंको तीनथानामा सवारी दुर्घटना, दुईजनाको मृत्यु
barnanmedia.com · Mon Jul 27 05:14:12 GMT 2026

काठमाडौं । काठमाडौंमा आज बिहान भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । काठमाडौं चन्द्रागिरि नगरपालिका–१५ तीनथानास्थित सडकखण्डमा बिहान स्कुटर र मिनी ट्रक ठोक्किँदा स्कुटरमा सवार दुईजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा चन्द्रागिरि नगरपालिका–१२ हरियाली बस्ने ४० वर्षीय दीपक नेपाल र चन्द्रागिरि नगरपालिका–१४ बस्ने ५६ वर्षीया शुभद्रा कुमारी नेपाल रहेको प्रहरीले जानकारी दिएको छ ।
Read full story at source (barnanmedia.com)