ओलीलाई ज्ञानेन्द्र शाहीको कटाक्ष तिमीहरूले राजाको इतिहास मेटायौ, अरूले तिम्रो मेटाइदिए
nepalpress.com · Mon Jul 27 05:39:49 GMT 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले नागढुंगा सुरुङमार्गबाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको अभिलेख हटाइएको विषयमा कटाक्ष गरेका छन् । हिजो राजाका पालामा बनेका भौतिक संरचना, सार्वजनिक संस्थान तथा राजमार्गहरूको नाम परिवर्तन गर्नेहरूले आज आफ्नै इतिहास मेटिँदा दुःख मान्नु नपर्ने उनको टिप्पणी छ ।
शाहीले भने, ‘नागढुंगा सुरुङमार्गबाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको नाम हटाइयो भनेर अहिले निकै चर्चा भइरहेको छ । तर, यसमा दुःख मान्नुपर्ने कुनै कारण छैन । हिजो तिमीहरूले राजाको इतिहास मेटायौ, आज अरूले तिमीहरूको इतिहास मेटाइदिए ।’
Read full story at source (nepalpress.com)