नेपालमा क्यान्सरको बढ्दो भार: नयाँ तथ्याङ्कले औंल्यायो क्यान्सर नियन्त्रणमा तत्काल कदम चाल्नुपर्ने आवश्यकता
swasthyakhabar.com · Mon Jul 27 05:52:00 GMT 2026

विश्व स्वास्थ्य संगठन अन्तर्गतको इन्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सरले ८ जुलाई २०२६ मा सार्वजनिक गरेको ग्लोबोक्यान २०२४ को पछिल्लो अनुमान अनुसार नेपालमा क्यान्सरको भार उल्लेखनीय रूपमा बढेको छ।
सन् २०२४ मा नेपालमा २४ हजार ४९९ नयाँ क्यान्सरका बिरामी, १७ हजार २१३ जनाको क्यान्सरबाट मृत्यु, तथा ४६ हजार ७४७ जना पाँच वर्षभित्र क्यान्सरको निदान भई बाँचिरहेका रहेको अनुमान गरिएको छ। यी तथ्याङ्कले अघिल्लो अनुमानको तुलनामा उल्लेखनीय वृद्धि देखाउँदै नेपालमा क्यान्सर अब गम्भीर जनस्वास्थ्य चुनौती बनेको संकेत गरेका छन्।
Read full story at source (swasthyakhabar.com)