हिजो राजाको इतिहास मेटाउनेहरूले आज आफ्नै इतिहास मेटिँदा दुःख मान्नु पर्दैन : ज्ञानेन्द्र शाही
lokaantar.com

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले नागढुंगा सुरुङमार्गबाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको नाम हटाइएको विषयलाई लिएर भइरहेको चर्चाप्रति टिप्पणी गरेका छन्।
शाहीले हिजो राजाका पालामा बनेका भौतिक संरचना, सार्वजनिक संस्थान तथा राजमार्गहरूको नाम परिवर्तन गर्नेहरूले आज आफ्नै इतिहास मेटिँदा दुःख मान्नु नपर्ने बताएका हुन्। 'नागढुंगा सुरुङमार्गबाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको नाम हटाइयो भनेर अहिले निकै चर्चा भइरहेको छ। तर यसमा दुःख मान्नुपर्ने कुनै कारण छैन। हिजो तिमीहरूले राजाको इतिहास मेटायौ, आज अरूले तिमीहरूको इतिहास मेटाइदिए,' उनले भनेका छन् ।
Read full story at source (lokaantar.com)