सार्क पुनर्जीवनका लागि माल्दिभ्सको पहल
ratopati.com · Mon Jul 27 06:05:31 GMT 2026

माले । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइजुले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई पुनः सक्रिय बनाउन सदस्य राष्ट्रहरूलाई संवादमार्फत मतभेद अन्त्य गरी सहकार्यको नयाँ चरण सुरु गर्न आह्वान गरेका छन् । उनले क्षेत्रीय शान्ति, स्थायित्व र सहकार्यका लागि आवश्यक परे माल्दिभ्स मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न पनि तयार रहेको बताएका छन् ।
माल्दिभ्सको ६१औँ स्वतन्त्रता दिवसका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति मुइजुले सार्कभित्र देखिएको लामो समयदेखिको गतिरोध अन्त्य गर्न वार्ता नै एकमात्र प्रभावकारी माध्यम भएको उल्लेख गरे । उनले सदस्य राष्ट्रहरूलाई क्षेत्रीय हितलाई प्राथमिकतामा राख्दै पुनः वार्ताको टेबलमा फर्किन आग्रह गरे ।
Read full story at source (ratopati.com)