सुनमा आज १४ सय र चाँदीमा ३५ रुपैयाँको वृद्धि
kendrabindu.com · Mon Jul 27 06:15:39 GMT 2026

काठमाडौं। नेपाली बजारमा साताको पहिलो कारोबार दिन सुन तथा चाँदी दुवैको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सार्वजनिक गरेको मूल्यसूचीअनुसार सुनको भाउ प्रतितोला १ हजार ४०० रुपैयाँले बढेको हो।
महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँमा कारोबारका लागि निर्धारण गरिएको छ। यसअघि आइतबार यही सुन प्रतितोला २ लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
Read full story at source (kendrabindu.com)