नागढुंगा सुरुङमार्ग उद्घाटन : ६० वर्षीय कर्मचारीले रिबन काटे, मन्त्रीले गाडी हाँके
shilapatra.com · Mon Jul 27 05:59:00 GMT 2026

निर्माण सुरु भएको करिब सात वर्षपछि धादिङ र काठमाडौं जोड्ने नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आएको छ । सुरुङमार्गको सोमबार विशेष कार्यक्रमबीच उद्घाटन गरिएको हो ।
सुरुङमार्गको शिलान्यास तथा टनेलको ब्रेक थ्रु गर्ने काम विगतमा प्रधानमन्त्रीहरूबाट हुने गरिएको भए पनि उद्घाटन सामान्य तरिकाले गरिएको छ । सुरुङमार्गको उद्घाटनका लागि प्रधानमन्त्री वालेन्द्र शाहले पूर्वाधार विकास मन्त्री सुनिल लम्साललाई पठाएका थिए । भने, आयोजना निर्माणको पक्षबाट नेपालका लागि जापानी राजदूत मायदा तोरु र जाइका अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थिति रहेको छ ।
Read full story at source (shilapatra.com)