नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै
barnanmedia.com · Mon Jul 27 06:12:08 GMT 2026

नेपाली जनताको वर्षाैंदेखिको सुरुङमार्गमा सवारीसाधन गुडाउने सपनाले मूर्तरुप पाएको छ । सन् २०१९ को १४ नोभेम्बरदेखि निर्माण थालिएको नागढुङ्गा सुरुङमार्गमा आज सोमबारदेखि औपचारिक रुपमा सवारीसाधन गुडाइँदैछन् ।
सडक विभागका प्रवक्ता शुभराज न्यौपानेले साउन ११ गते सुरुङमार्ग उद्घाटन गरेर सञ्चालनमा ल्याउन लागेको जानकारी दिनुभयो । “नागढुङ्गा सुरुङमार्ग सोमबारदेखि सञ्चालनमा ल्याउने गरी आवश्यक तयारी अघि बढाएका छौँ । पूर्वाधार विकास मन्त्रालय, जाइकाका प्रतिनिधिलगायतको उपस्थितिमा सञ्चालनमा ल्याउनेछौँ,” उहाँले भन्नुभयो, “सुरुङमार्ग तयार हुने काम त धेरै अघि भइसकेको थियो । सुरुङमार्गको पश्चिमतर्फ पहिरोको समस्या देखिएकाले केही समय लागेको हो । सुरुङभित्रको आवश्यक सुरक्षालगायतका व्यवस्थापनमा पनि केही समय लागेजस्तो देखिएको हो ।’’
Read full story at source (barnanmedia.com)