पोखरामा मनाइयो ‘ट्होटें’
hamrakura.com · Tue Apr 09 00:00:00 UTC 2024
पोखरा । तमु समुदायको मौलिक पर्व ‘ट्होटें’ हर्षोल्लासका साथ मनाइएको छ । नयाँबजारस्थित तमु धिं नेपालको प्राङ्गणबाट सुरु भएको सांस्कृतिक झाँकीसहितको ट्होटें पर्व पदयात्रा पोखरा सभागृह हलमा पुगेर मूल समारोहमा परिणत भएको थियो ।
पदयात्रामा सहभागीले मौलिक नृत्य प्रस्तुत गरेका थिए । उनीहरुले चर्खा, खर्क, भेडीगोठसमेत प्रदर्शन गरेका थिए । उनीहरु गुरुङ वेशभूषामा सजिएका थिए । सहभागीमध्ये कोही भूतप्रेत र राक्षश, कोही बुख्याचा भेषमा थिए । कोही भने विभिन्न जनावर, भूतप्रेतका चित्रजस्ता मुकुन्डो, कालोमोसोले रङ्गीबिरङ्गी थिए ।
Read full story at source (hamrakura.com)