बढ्दो लागतले चुनौतीपूर्ण बन्दै माछापालन व्यवसाय
nepalnews.com · Mon Jul 27 06:23:14 GMT 2026

झापा । पूर्वी नेपालको प्रमुख माछा उत्पादन क्षेत्र झापामा व्यावसायिक माछापालन व्यवसाय सङ्कटतर्फ उन्मुख भएको छ। उत्पादन बढाउनेभन्दा व्यवसाय जोगाउने चिन्ता बढ्दै गएको भन्दै किसानले सरकारसँग तत्काल उत्पादनमैत्री नीति ल्याउन माग गरेका छन्।
विद्युत् महसुलमा वृद्धि, माछाको दाना, औषधि तथा श्रम खर्च महँगिँदै जानु, प्रभावकारी बजार व्यवस्थापनको अभाव र भारतबाट हुने अवैध तथा सस्तो आयातित माछासँगको असमान प्रतिस्पर्धाले माछापालन व्यवसाय दबाबमा परेको किसानहरूको भनाइ छ।
Read full story at source (nepalnews.com)