सुनसरी गोलीकाण्डपछि सिंहदरबार ततायो, गृहमन्त्रीले बोलाए दुवै आईजीपी
kalakarmi.com · Mon Jul 27 06:50:22 GMT 2026

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिकामा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि गृहमन्त्री सुधन गुरुङले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका छन् । घटनाको वस्तुस्थिति बुझ्न तथा सुरक्षा अवस्थाबारे जानकारी लिन गृहमन्त्रीले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखलाई सोमवार सिंहदरबार बोलाएका हुन् ।
गृह मन्त्रालय स्रोतका अनुसार नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलसँग घटनाको विस्तृत विवरण, सुरक्षा अवस्था र पछिल्लो परिस्थितिबारे छलफल भइरहेको छ । आइतवार राति सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्ज क्षेत्रमा दुई समूहबीच उत्पन्न भएको तनाव नियन्त्रणमा लिन प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो। सोही क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर स्थानीय २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो भने घटनामा अन्य केही व्यक्ति घाइते भएका छन् ।
Read full story at source (kalakarmi.com)