सुनसरी घटना छानविन गर्न समिति गठन
saralpatrika.com · Mon Jul 27 07:02:40 GMT 2026
सरल पत्रिका। सुनसरीको देवानगञ्ज गाउँपालिकामा आइतबार राति (साउन १० गते) दुई समूहबीच भएको झडपको घटना छानविनका लागि सरकारले गृहमन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ। समितिलाई सात दिनको म्याद दिइएको छ।
यसअघि गृहमन्त्री सुदन गुरुङ सुरक्षा प्रमुखहरूसँग छलफल गरेका थिए। आजै साँझ केन्द्रीय सुरक्षा समितिको बैठक बोलाइएको छ।
Read full story at source (saralpatrika.com)