राष्ट्रपति पौडेलसँग प्रमुख विपक्षी दलका नेता आङ्देम्बेको भेट
nepalviews.com · Mon Jul 27 07:04:00 GMT 2026

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन् । सोमबार बिहान राष्ट्रपति भवन शीतलनिवासमा करिब एक घण्टा पौडेलसँग आङ्देम्बेले भेटवार्ता गरेका हुन् ।
भेटमा समसामयिक राजनीतिक परिस्थिति र संसदीय गतिविधिबारे छलफल भएको आङ्देम्बेको सचिवालयले जनाएको छ । यसबाहेक आङ्देम्बेले देशका विभिन्न स्थानमा गएको बाढीपहिरोको, प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाबारे पनि राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए ।
Read full story at source (nepalviews.com)