गृहमन्त्रीले बाेलाए केन्द्रीय सुरक्षा समितिको बैठक
barnanmedia.com · Mon Jul 27 06:58:40 GMT 2026

गृहमन्त्री सुधन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । मन्त्री गुरुङले सोमबार साँझ बस्नेगरि केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका हुन् ।
आइतबार राति सुनसरीमा दुई समूहबीचको झडप रोक्ने क्रममा प्रहरीले गोली चलाएको थियो । प्रहरीले चलाएको गोली १० जनालाई लागेको थियो । घाइते मध्ये २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ । ९ जना विराटनगरको विभिन्न अस्पतालमा उपचाररत छन् ।
Read full story at source (barnanmedia.com)