सानिमा बैंकको नाफा ३८ प्रतिशतले बढ्याे, वितरणयाेग्य मुनाफा कति ?
arthadabali.com · Mon Jul 27 07:20:44 GMT 2026

काठमाडौँ / सानिमा बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ काे चाैथाेँ त्रैमासकाे अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेकाे छ। बैंकले सार्वजनिक गरेको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार, बैंकको खुद नाफा अघिल्लो वर्षको तुलनामा ३८.०१ प्रतिशतले बढेर ३ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा बैंकले २ अर्ब ५७ करोड रुपैयाँ मात्र नाफा कमाएको थियो ।
बैंकको व्यवसाय विस्तारमा पनि सुधार देखिएको छ। समीक्षा अवधिमा बैंकको निक्षेप ११.२४ प्रतिशतले बढेर २ खर्ब ४९ अर्ब पुगेको छ भने कर्जा प्रवाह ११.०२ प्रतिशतले बढेर १ खर्ब ९५ अर्ब ८८ करोड पुगेको छ ।
Read full story at source (arthadabali.com)