आवश्यकताभन्दा बढी ग्यास जगेडा नराख्न उद्योगीको आग्रह
ratopati.com · Mon Jul 27 07:49:07 GMT 2026

चितवन । नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी जगेडा नगर्न आग्रह गरेको छ। सङ्घका अनुसार ग्यासको आयात र आपूर्ति नियमित रहे पनि जगेडाका सिलिन्डर एकैपटक भर्न ल्याइएकाले अस्थायी अभाव देखिएको हो।
नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवान चन्दका अनुसार भारतबाट आउने ग्यासको मात्रा घटेको छैन। विगतका तुलनामा दैनिक करिब १०० बुलेट ग्यास आपूर्ति भइरहेको छ। उनले भने, “पहिले नेपाल आयल निगमले जति ग्यास ल्याउँथ्यो र हामी दिन्थ्यौँ, सोही परिमाणमा अहिले पनि आपूर्ति भइरहेको छ।” उनका अनुसार उपभोक्ताले ग्यास जगेडामा राख्न थालेपछि बजारमा अभाव देखिएको हो। उनले उपभोक्ताले अतिरिक्त ग्यास मौज्दात नराख्ने हो भने अहिले देखिएको समस्या समाधान हुने बताए।
Read full story at source (ratopati.com)