फेसबुक मार्केटप्लेसका लागि मेटाले ल्यायो नयाँ ‘सेलर’ एप
ictsamachar.com
काठमाडौं । मेटाले फेसबुक मार्केटप्लेसमार्फत धेरै सामान बिक्री गर्ने प्रयोगकर्तालाई लक्षित गर्दै ‘सेलर’ नामक नयाँ एप सार्वजनिक गरेको छ । एपमा कृत्रिम बुद्धिमत्ता (एआई) मार्फत लिस्टिङ तयार गर्ने, एकीकृत इनबक्स, सामान व्यवस्थापन गर्ने तथा बिक्रीसम्बन्धी विवरण हेर्न सकिने सुविधा उपलब्ध गराइएको छ ।
यो एप फेसबुक मार्केटप्लेससँग सिंक हुने भएकाले लिस्टिङ, ग्राहकका सन्देश र बिक्रीसम्बन्धी विवरण व्यवस्थापन गर्न सहज हुने मेटाले जनाएको छ । कम्पनीका अनुसार, एकै स्थानबाट धेरै लिस्टिङ व्यवस्थापन गर्दै व्यवसाय विस्तार गर्न पनि यसले सहयोग पुर्याउनेछ ।
Read full story at source (ictsamachar.com)