'गृहमन्त्री ज्यू, सुनसरीमा प्रहरीको गोली लागेर एक नागरिकको ज्यान गयो, जिम्मेवारी कसले लिने ?'
nagariknews.nagariknetwork.com · Mon Jul 27 07:48:20 GMT 2026

जेनजी अभियन्ता तनुजा पाण्डेले हिजो मध्यराति सुनसरीमा गोली चलेर एक जना नागरिकको ज्यान गएको र दर्जानौँ घाइते भएको घटनाको जिम्मेवारी कसले लिन्छ भन्दै प्रश्न गरेकी छन्।
सामाजिक सञ्जालमार्फत उनले गृहमन्त्री सुधन गुरुङतर्फ प्रश्न तेर्स्याएकी हुन्। उनले भदौ २३ मा संसद् भवन अगाडि अकारण गोली चलाउने घटना होस् या हिजो राति सुनसरीमा नागरिकको ज्यान लिने काम, यी दुवै घटना राज्यसत्ताको एउटै दमनकारी मानसिकताका उपज भएको बताइन्।
Read full story at source (nagariknews.nagariknetwork.com)