अमेरिकाको सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु
corporatenepal.com · Mon Jul 27 08:16:00 GMT 2026

सियाटल । अमेरिकाको सियाटलस्थित स्पेस निडल नजिक आयोजना गरिएको लोकप्रिय ‘बाइट अफ सियाटल’ फुड फेस्टिभलमा आइतबार साँझ भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ भने दुई वर्षीय बालकसहित पाँच जना घाइते भएका छन् । प्रहरीले घटनाको अनुसन्धान थालेको छ भने आक्रमणकारी पक्राउ परेका छन् वा छैनन् भन्नेबारे तत्काल जानकारी दिएको छैन ।
सहरको फायर डिपार्टमेन्टकी प्रवक्ता ग्रेस नुनेजका अनुसार गोली लागेर दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । घाइते पाँच जनालाई हार्बरभ्यू मेडिकल सेन्टरमा उपचारका लागि लगिएको छ । घाइतेमध्ये ५६ वर्षीया महिलाको अवस्था गम्भीर छ भने दुई वर्षीय बालक, २३ वर्षीय पुरुष र ३९ वर्षीया महिलाको अवस्था स्थिर रहेको जनाइएको छ । अर्की ४० वर्षीया महिलालाई सामान्य चोट लागेको छ ।
Read full story at source (corporatenepal.com)