जंगली बिरालो जोगाउने प्रयास, करेसाबारी कार्यक्रमका लागि तालिम
onlinekhabar.com · Mon Jul 27 08:25:47 GMT 2026

११ साउन, काठमाडौं । विश्वकै सबैभन्दा सानो जंगली बिरालो मानिने ‘रस्टी–स्पटेड क्याट’ को संरक्षणलाई स्थानीयको जीविकोपार्जनसँग जोड्ने उद्देश्यले बर्दियामा ‘एक घर, एक करेसाबारी’ कार्यक्रम सञ्चालन गरिएको छ ।
ठाकुरबाबा नगरपालिका–९, खुशालपुरमा आयोजित कार्यक्रममा १४ जना स्थानीय सहभागी भएका थिए । उनीहरूलाई प्राङ्गारिक तरकारी खेती, कम्पोस्ट मल निर्माण, माटो व्यवस्थापन तथा दिगो कृषि अभ्याससम्बन्धी एकदिने तालिम दिइएको थियो । तालिमपछि प्रत्येक सहभागीलाई कृषि औजार र मौसमी तरकारीका बीउबिजन पनि वितरण गरिएको आयोजकले जनाएको छ ।
Read full story at source (onlinekhabar.com)