भक्तजनका लागि पशुपतिनाथमा दर्शन र पूजाआजा व्यवस्थित
ratopati.com · Mon Jul 27 08:34:15 GMT 2026

काठमाडौँ । सौरमासअनुसार साउनको दोस्रो सोमबार आज पशुपतिनाथ मन्दिरमा भक्तजनको दर्शन र पूजाआजा सहज र व्यवस्थित बनाइएको छ।
साउनको पहिलो सोमबारमा देखिएका केही व्यवस्थापकीय कमजोरी सुधार गरिएकाले श्रद्धालुले अपेक्षाकृत कम समयमै दर्शन गर्न पाएको जनाएका छन्। भक्तपुरको सिरुटारबाट दर्शनका लागि आएकी रञ्जना अवस्थीले यसपटक विभिन्न स्थानमा अस्थायी आकाशे पुल निर्माण गरी दर्शनार्थीको आवतजावत व्यवस्थित बनाइएको पाएको बताइन्।
Read full story at source (ratopati.com)