वरिष्ठ पत्रकार ज्ञवालीको निधन
barnanmedia.com · Mon Jul 27 09:27:31 GMT 2026

प्रेस स्वतन्त्रता सेनानी एवम् वरिष्ठ पत्रकार अर्जुन ज्ञवालीको आज पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । रुपन्देहीलाई कर्मथलो बनाएर पत्रकारिता गर्दै आउनुभएका अग्रज पत्रकार ज्ञवालीको उपचारको क्रममा गएराति काठमाडौँमा निधन भएको छोरा सागर ज्ञवालीले जानकारी दिनुभयो ।
रुपन्देही शङ्करनगरका स्थायी बासिन्दा ८० वर्षीय पत्रकार ज्ञवाली पछिल्लो समय मुटु र फोक्सोमा समस्या देखिएपछि उपचारका लागि बी एण्ड बी अस्पतालमा भर्ना हुनुभएको थियो । उहाँले लामो समयसम्म शिक्षण पेशामा आबद्ध रहनुभएका ज्ञवालीले विसं २०२४ देखि पत्रकारिता यात्रा सुरु गर्नुभएको थियो । सरल भाषामा राष्ट्रियता र देशभक्तिको पक्षमा कलम चलाउने ज्ञवालीका लेख–रचना तथा विचार पाठकको रोजाइमा पर्दै आएका थिए । उहाँले लुम्बिनी सन्देश साप्ताहिकको सम्पादक र पत्रकारिताको प्रशिक्षक भएर काम गर्नुभयो ।
Read full story at source (barnanmedia.com)