दक्षिण कोरियामा तीन व्यवसायी लुके, पर्यटन बोर्ड कालोसूचीमा
bishowkhabar.com · Mon Jul 27 09:33:41 GMT 2026

काठमाडौं– नेपाल पर्यटन बोर्डका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा हाल स्याङ्जा–१ का प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीको कार्यकालमा बोर्डको सिफारिसमा दक्षिण कोरिया गएका तीन पर्यटन व्यवसायी सम्पर्कविहीन भएपछि नेपाल पर्यटन बोर्ड दक्षिण कोरियाको ‘ब्ल्याकलिस्ट’मा परेको दाबी गरिएको छ ।
प्राप्त जानकारीअनुसार, सन् २०२२ मा सिओलमा आयोजित पर्यटन मेलामा सहभागी हुन बोर्डको सिफारिसमा दक्षिण कोरिया गएका प्रिजेन्ट ट्राभल प्रालिका मार्केटिङ म्यानेजर प्रदीप केसी, अन्नपूर्ण ट्रेक एन्ड एक्सपेडिसन प्रालिका टुर प्रोग्रामर फुर्वा छिरिङगोले शेर्पा तथा विङ ट्रेक्स एन्ड एक्सपेडिसन प्रालिका म्यानेजर बन्दी शेर्पा नेपाल नफर्किएको र उनीहरू दक्षिण कोरियामै बसेको बताइएको छ ।
Read full story at source (bishowkhabar.com)