साताको पहिलो दिन नेप्सेमा ३३.२८ अंकको गिरावट, कारोबार ६ अर्ब रुपैयाँमाथि
ajakoartha.com · Mon Jul 27 09:34:00 GMT 2026

काठमाडौं- साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३३.२८ अंकले घटेर २,७०१.३२ विन्दुमा झरेको छ। गत साता सुधारको लयमा रहेको बजार आज भने खुलेदेखि नै ओरालो लागेको हो। आज नेप्से १.२१ प्रतिशतले घटेको छ।
आज ३६० कम्पनीका १ करोड ३९ लाख २५ हजार ३३७ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ८ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। यस अवधिमा ६९ हजार ८०३ वटा कारोबार सम्पन्न भएका छन्।
Read full story at source (ajakoartha.com)