‘हरेक विषयको आफ्नै इतिहास हुन्छ, इतिहास सबैसँग जोडिएको छ’
kalakarmi.com · Mon Jul 27 10:09:48 GMT 2026

काठमाडौं– सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा केन्द्रीय इतिहास विभाग, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरका पदाधिकारीहरूसँग नेपालको इतिहाससम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलका क्रममा केन्द्रीय इतिहास विभागका पूर्वविभागीय प्रमुख राजकुमार पोखरेलले इतिहास प्रत्येक विषयसँग अभिन्न रूपमा जोडिएको विषय भएको बताए । उनले इतिहास विभागमा सांस्कृतिक इतिहास, कूटनीतिक इतिहासलगायत १८–१९ वटा विषयमा अध्ययन–अध्यापन भइरहेको जानकारी दिए ।
‘इतिहास एउटा व्यापक विषय हो । केन्द्रीय इतिहास विभागमा १८–१९ वटा विभिन्न विधामा इतिहासको अध्ययन–अध्यापन हुँदै आएको छ । विभागमा सांस्कृतिक इतिहास कल्चरल हिस्ट्री०, कूटनीतिक इतिहास ९डिप्लोमेटिक हिस्ट्री० लगायतका विषय समेटिएका छन्,’ उनको भनाइ छ ।
Read full story at source (kalakarmi.com)