कांग्रेसले भन्यो : देवानगञ्ज घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ
nepalviews.com · Mon Jul 27 10:39:31 GMT 2026

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसिले सुनसरीको देवानगञ्जमा प्रहरीको गोलीबाट एक जनाको ज्यान जाने गरी भएको घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले शान्ति–सुरक्षा कायम गर्न नसक्नु गृह मन्त्रालयको कमजोरी भएको भन्दै गृहमन्त्रीले घटनाबारे जवाफ दिनुपर्ने बताएका छन्।
सोमबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै आङ्देम्बेले एक जनाको मृत्यु र दर्जनौँ घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्। मृतकप्रति श्रद्धाञ्जली, शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन्।
Read full story at source (nepalviews.com)