कप्तानगन्ज घटनाका विषयमा सर्वदलीय बैठक
nepalnews.com · Mon Jul 27 10:45:54 GMT 2026
विराटनगर। सुनसरीको दक्षिणी क्षेत्रस्थित देवानगन्ज गाउँपालिका ३‚ कप्तानगन्जमा गएराति भएको घटनाका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय सुनसरीमा अहिले सर्वदलीय बैठक बसिरहेको छ।
बैठक जारी रहेको र घटनाका सम्बन्धमा अनुसन्धान जारी रहेकाले सबैलाई संयमता अपनाउन आग्रह गरिएको सुनसरीका प्रहरी उपरीक्षक केशव थेबेले बताए। गएराति गाउँमा दुई समूहबीचको विवादले उग्ररूप लिएपछि प्रहरीले संयमता अपनाई शान्त तुल्याउन प्रयास गरिरहेको उनले जानकारी दिए।
Read full story at source (nepalnews.com)