सुनसरी घटना : साम्प्रदायिक सद्भाव कायम राख्न सर्वपक्षीय सहमति
ratopati.com · Mon Jul 27 10:43:21 GMT 2026

विराटनगर । सुनसरीको देवानगञ्जमा भएको घटनापछि उत्पन्न तनाव नियन्त्रण गर्न र साम्प्रदायिक भड्काव रोक्न सर्वपक्षीय बैठकले विशेष पहल गर्ने निर्णय गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) केशवकुमार थेबेले सो क्षेत्रको सुरक्षा स्थिति हाल पूर्ण नियन्त्रणमा रहेको जानकारी दिएका छन् ।थेबेका अनुसार सर्वपक्षीय बैठकमा सहभागी सबै राजनीतिक दल तथा सरोकारवालाहरूले आ–आफ्नो ठाउँबाट साम्प्रदायिक हिंसा र तनाव रोकथामका लागि सक्रिय भएर लाग्ने प्रतिबद्धता जनाएका छन् । ‘बैठकले सबैले आफ्नो ठाउँबाट यो साम्प्रदायिक भड्किने खालका कुराहरूलाई नियन्त्रण गर्न, रोकथाम गर्न अहिलेबाट आफ्नो पक्षबाट लागि पर्ने भन्ने निर्णय भएको छ,’ थेबेले भने ।
Read full story at source (ratopati.com)