सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता
nepalviews.com · Mon Jul 27 11:06:32 GMT 2026

सुर्खेत । एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन आउनेहरूको भीड लाग्ने गरेको छ । स्थानीय राति २ः०० बजेदेखि खाली ग्यास सिलिन्डर लिएर ग्यास डिलरमा पुग्छन् । एक–दुई दिन कुरेर मात्र भरिएको सिलिन्डर लिएर फर्किन्छन् । पछिल्लो समय ग्यास अभाव देखिएपछि उपभोक्ताले सास्ती खेप्नुपरेको हो ।
विगतजस्तो जतिबेला पनि सजिलै ग्यास पाउने अवस्था नभएको स्थानीय बताउँछन् । केहीसँग मात्र ग्यासको विकल्प भए पनि यहाँका अधिकांश नागरिक खाना पकाउने एलपी ग्यासमा निर्भर छन् । ग्रामीण क्षेत्रमा वैकल्पिक इन्धनको व्यवस्था भए पनि सहरी क्षेत्रमा सजिलै दाउरा, गुइँठा पाउने अवस्था छैन । यसअघि ग्यासमा निर्भर रहनेहरूले यसको अभावमा समस्या भोग्दै आउनुपरेको छ ।
Read full story at source (nepalviews.com)