परीक्षा प्रश्नपत्र ‘लिक’विरुद्ध भारतको तल्लो सदनमा विधेयक पेस
baahrakhari.com · Mon Jul 27 11:07:02 GMT 2026

काठमाडौं । भारत सरकारले प्रतिनिधिसभा (लोकसभा)मा सोमबार प्रश्नपत्र ‘लिक’विरुद्ध ‘सार्वजनिक परीक्षा संशोधन विधेयक, २०२६’ पेस गरेको छ ।
भारतका कर्मचारी, जनगुनासो तथा पेन्सन राज्यमन्त्री जितेन्द्र सिंहले विपक्षी सांसदहरूको नाराबाजीका बीच उक्त विधेयक पेस गरेका हुन् । विपक्षी पार्टीको लगातारको होहल्लापछि लोकसभाको बैठक पहिले दिउँसो २ बजेसम्म र त्यसपछि साँझ ५ बजेसम्मका लागि स्थगित गरिएको छ ।
Read full story at source (baahrakhari.com)