पाकिस्तानमा मनसुनी वर्षा र बाढीबाट मृत्यु हुनेको संख्या एक सय ७ पुग्यो
ratopati.com · Mon Jul 27 11:38:43 GMT 2026

काठमाडौँ । पाकिस्तानमा मनसुन सुरु भएयता परेको अविरल वर्षा र बाढीका कारण मृत्यु हुनेको संख्या एक सय ७ पुगेको छ । यसका साथै ३४४ जना घाइते भएका छन् भने सयौँ घरमा क्षति पुगेको पाकिस्तानी राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण ले जनाएको छ।
प्राधिकरणका अनुसार जुन महिनाको अन्त्यदेखि सुरु भएको वर्षासँग सम्बन्धित घटनामा सबैभन्दा बढी खैबर पख्तुनख्वा प्रान्तमा ५५ जनाको मृत्यु भएको छ। त्यसपछि पञ्जाब प्रान्तमा ३६ जनाले ज्यान गुमाएका छन्। अधिकांश मृत्यु घर वा छानो भत्किएर पुरिने घटनाका कारण भएको जनाइएको छ।
Read full story at source (ratopati.com)