सुनिलले ल्याए ‘सोल्टिनी सेवारो’
onlinekhabar.com · Mon Jul 27 11:37:14 GMT 2026

काठमाडौं । गायक सुनिल थापामगरले नयाँ गीत ‘सोल्टिनी सेवारो’ ल्याएका छन् । युट्युबमा केही दिनअघि सार्वजनिक यो गीतले दर्शकमाझ चर्चा पाइरहेको छ ।
एनिस एन्जल राईको शब्द तथा संगीतमा तयार भएको गीतको म्यूजिक भिडियो पनि आकर्षक छ । प्रेम सम्बन्ध र भावनात्मक उतारचढावलाई मर्मस्पर्शी ढंगले चित्रण गरिएको भिडियो र गीतले सकारात्मक प्रतिक्रिया पाएको छ ।
Read full story at source (onlinekhabar.com)