जनमत पार्टीका सचिव यादवले दिए राजीनामा
ratopati.com · Mon Jul 27 11:40:37 GMT 2026

बुटवल । जनमत पार्टीका सचिव भोविन्द्रप्रसाद यादवले पदबाट राजीनामा दिएका छन् । रुपन्देहीको भैरहवा निवासी यादवले सोमबार दिउँसो पार्टी अध्यक्ष डा.सीके राउतलाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएका हुन् ।
उनले राजीनामा पत्रमा पार्टीभित्र पछिल्लो समय उत्पन्न राजनीतिक, सङ्गठनात्मक तथा कार्यशैलीसम्बन्धी परिस्थितिका कारण पदमा रहेर प्रभावकारी रूपमा कार्यसम्पादन गर्न कठिनाइ उत्पन्न भएको उल्लेख गरेका छन् ।
Read full story at source (ratopati.com)