बेनी हाइड्रोपावरको आइपीओ कता अड्कियो ? स्थानीयलाई सेयर बाँडफाँट सकिँदा पनि सर्वसाधारण पर्खाइमा
aarthiknews.com

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ निष्कासन तथा बाँडफाँट सम्पन्न गरिसक्दा पनि सर्वसाधारणका लागि सेयर निष्कासन भने अझै हुन सकेको छैन । यसले लगानीकर्तामाझ कम्पनीको आइपीओ प्रक्रिया कता अड्कियो भन्ने प्रश्न उठाएको छ ।
कम्पनीले गत चैत १ गते पहिलो चरणअन्तर्गत आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आइपीओ निष्कासन गरेको थियो । सो क्रममा स्थानीयका लागि जारी गरेको १० लाख ४० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको १ लाख ४ हजार कित्ता सेयरको बाँडफाँट सम्पन्न भइसकेको छ । कम्पनीले चैतमै पहिलो चरणको सेयर बिक्री गरिसके पनि सर्वसाधारणका लागि निष्कासन प्रक्रिया भने अगाडि बढ्न सकेको छैन ।
Read full story at source (aarthiknews.com)