विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा कायम गरियो ९० कर्मचारीको दरबन्दी
ratopati.com · Mon Jul 27 12:05:59 GMT 2026

काठमाडौँ । नयाँ बनाइएको विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय आफ्नो सङ्गठन संरचना तथा दरबन्दी तेरिज स्वीकृत गर्ने दोस्रो मन्त्रालय बनेको छ। महावीर पुन मन्त्री रहेको मन्त्रालयले साउन ११ गते सङ्गठन संरचना स्वीकृत गरी औपचारिक दर्ताका लागि राष्ट्रिय किताबखाना (निजामती) मा पठाएको हो।
मन्त्रालयले स्वीकृत गरेको नयाँ सङ्गठन संरचना अनुसार कुल ९० जनाको दरबन्दी कायम गरिएको छ। जसमध्ये प्रशासनिक नेतृत्वका लागि विशिष्ट श्रेणीको १ जना सचिवको दरबन्दी रहनेछ। त्यसैगरी, ३ जना सहसचिवको दरबन्दी स्वीकृत भएको किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेलले जानकारी दिए । जसमा इन्जिनियरिङ सेवाका २ जना र प्रशासन सेवाका १ जना सहसचिव रहने मन्त्रालयले जनाएको छ।
Read full story at source (ratopati.com)