शकिब एनपीएलको तेस्रो संस्करणका निम्ति पोखरामा अनुबन्धित
baahrakhari.com · Mon Jul 27 12:13:15 GMT 2026
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को टिम पोखरा एभेन्जर्सले तेस्रो संस्करणको निम्ति बंगलादेशका पूर्वराष्ट्रिय खेलाडी शकिब अल हसनलाई अनुबन्धित गरेको छ ।
सोमबार पोखराले सामाजिक सञ्जालमार्फत हसनलाई भित्र्याएको जनाएको हो । उनी अल–राउन्डर हुन् । सन् २००६ देखि राष्ट्रिय टिममा खेलेका उनले सन् २०२५ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए ।
Read full story at source (baahrakhari.com)