नयाँ संगठन संरचना दर्ता गर्ने दोस्रो मन्त्रालय बन्यो विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय
ictsamachar.com

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले आफ्नो नयाँ संगठन संरचना तथा दरबन्दी तेरिज स्वीकृत गरी राष्ट्रिय किताबखानामा दर्ता गराएको छ । यससँगै उक्त मन्त्रालय संगठन संरचना तथा दरबन्दी तेरिज दर्ता गर्ने दोस्रो मन्त्रालय बनेको छ ।
राष्ट्रिय किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेलका अनुसार मन्त्रालयबाट प्राप्त संगठन संरचना तथा दरबन्दी तेरिजलाई ‘द्रुत प्रक्रिया (फास्ट ट्र्याक)’ मार्फत सोही दिन दर्ता गरिएको हो ।
Read full story at source (ictsamachar.com)