कप्तानगन्ज घटनाः सीडीओ र सुरक्षा प्रमुखलाई फिर्ता बोलाइयो
rajdhanidaily.com · Mon Jul 27 12:33:28 GMT 2026
काठमाडौं । गएराति सुनसरीको कप्तानगन्जमा भएको घटनालाई लिएर गृह मन्त्रालयले त्यहाँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता बोलाएको छ। आज बसेको सुरक्षा समितिको बैठकले घिमिरेलाई फिर्ता बोलाएर उनको ठाउँमा संखुवासभाका सीडीओ ईश्वरीप्रसाद अर्याललाई खटाउने निर्णय गरेको हो ।
त्यस्तै, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय, काठमाडौं तानिएको छ भने प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालय पठाइएको छ ।
Read full story at source (rajdhanidaily.com)