भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा
nepalnews.com · Mon Jul 27 12:42:02 GMT 2026

भद्रपुर। झापाको अर्जुनधाराबाट सशस्त्र प्रहरीले भारतबाट भन्सार छली ल्याउँदै गरेको ३२ बोरा चिनी र ढुवानीमा प्रयोग गरिएका सवारीसाधन आइतबार नियन्त्रणमा लिएको छ।
अर्जुनधारा नगरपालिका-११ कालीझोेडास्थित सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस शनिश्चरेबाट खटिएको टोलीले उक्त अवैध सामग्री बरामद गरेको हो। सशस्त्र प्रहरी बल, नेपाल नं २ गण झापाका निमित्त गणपति सशस्त्र प्रहरी नायब उपरीक्षक मदनकुमार रसाइलीका अनुसार बरामद गरिएको चिनी एक लाख १२ हजार रुपैयाँ बराबर छ।
Read full story at source (nepalnews.com)