देवानगञ्ज गोलीकाण्डबारे गगन थापाको प्रश्न– नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो ?
shilapatra.com · Mon Jul 27 12:46:01 GMT 2026

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिन गर्न र सबै पक्षलाई संयम अपनाउन आग्रह गरेका छन् ।
आइतबार जारी प्रेस विज्ञप्तिमा थापाले नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था सिर्जना भएको विषयमा सरकारसँग प्रश्न गरेका छन् । ‘नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो ? सामाजिक सद्भावमा असर पार्न सक्ने संवेदनशील परिस्थितिमा राज्य अझ बढी संयमित, सतर्क र जिम्मेवार भएर प्रस्तुत हुनुपथ्र्यो,’ विज्ञप्तिमा उल्लेख छ ।
Read full story at source (shilapatra.com)