होहल्ला सुनेपछि निस्किएका थिए अमलेश, ५ मिनेटमै छातीमा गोली लाग्यो
lokaantar.com

साउनको महिना; प्रकृति हरियो हुने र मन आस्थाले भरिने समय । १० साउनको साँझ ७ बजेतिर देवानगञ्ज–३ का २२ वर्षीय अमलेश महतोको घरमा पनि त्यस्तै शान्त माहोल थियो । सपरिवार बसेर हाँसीखुसी खाना खाएपछि उनी सुत्ने तरखरमा थिए । तर, नियतिले उनका लागि अर्कै पटकथा लेखिसकेको थियो ।
एकाएक बस्तीमा होहल्ला सुनियो । गाउँकै शिव मन्दिर आसपास केही भइरहेको छ भन्ने भेउ पाएपछि अमलेश स्वाभाविक जिज्ञासाले घरबाहिर निस्किए । उनलाई के थाहा, त्यो ५ मिनेटको बाटो उनको जीवनकै सबैभन्दा लामो र पीडादायी बन्नेछ । घरबाट निस्किएको ५ मिनेटमै उनको शरीरमा तातो गोलीले भ्वाङ पार्यो ।
Read full story at source (lokaantar.com)