भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा
barnanmedia.com · Mon Jul 27 12:58:00 GMT 2026

झापाको अर्जुनधाराबाट सशस्त्र प्रहरीले भारतबाट भन्सार छली ल्याउँदै गरेको ३२ बोरा चिनी र ढुवानीमा प्रयोग गरिएका सवारीसाधन आइतबार नियन्त्रणमा लिएको छ । अर्जुनधारा नगरपालिका-११ कालीझोेडास्थित सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस शनिश्चरेबाट खटिएको टोलीले उक्त अवैध सामग्री बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल, नेपाल नं २ गण झापाका निमित्त गणपति सशस्त्र प्रहरी नायब उपरीक्षक मदनकुमार रसाइलीका अनुसार बरामद गरिएको चिनी रु एक लाख १२ हजार बराबर छ । उहाँका अनुसार प्र१-०१-००१च ४०३८ नम्बरको पिकअप गाडी र मे१०प ५७४५ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ ।
Read full story at source (barnanmedia.com)