प्रधानमन्त्री र परराष्ट्रमन्त्रीबीच सम्बन्ध चिसिँदा रोकियो राजदूत नियुक्ति
nepalnews.com · Mon Jul 27 13:15:11 GMT 2026

६ साउनको मन्त्रिपरिषद् बैठकले कार्यकाल सकिएका विभिन्न ६ देशका राजदूतको अवधि अनिश्चितकालका लागि बढाउने निर्णय गर्यो। मन्त्रिपरिषद्ले ब्राजिलका लागि निर्मलराज काफ्ले, इजिप्टका लागि सुशील लम्साल, बहराइनका लागि तीर्थराज वाग्ले, बाङ्लादेशका लागि घनश्याम भण्डारी, म्यानमारका लागि हरीशचन्द्र घिमिरे र अस्ट्रियाका लागि भरत रेग्मीको अवधि थपेको हो। तीमध्ये ब्राजिलको राजदूतावास बन्द गर्ने घोषणा सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत गरेको छ।
पाँच वटा दूतावासका राजदूतको अवधि सकिए पनि नयाँ नियुक्ति हुन नसकेपछि परराष्ट्र मन्त्रालयले कार्यरतहरूकै अवधि थप्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेको थियो। नयाँ नियुक्ति कहिले हुने टुंगो नलागेपछि परराष्ट्रमन्त्री शिशिर खनाल आफैँले राजदूतहरूको अवधि थप्न मन्त्रिपरिषद्मा प्रस्ताव लगेका थिए।
Read full story at source (nepalnews.com)