पर्यटकीयस्थल रारामा प्लास्टिकजन्य वस्तु छोड्न नपाइने
baahrakhari.com · Thu May 16 17:51:20 UTC 2024

मुगु । सुन्दर पर्यटकीयस्थल रारा घुम्ने पर्यटकले अब प्लास्टिकजन्य वस्तु त्यही छोडेर फर्किन नपाउने भएका छन् ।
रारालाई प्लास्टिकमुक्त क्षेत्र बनाउने लक्ष्य लिएको रारा राष्ट्रिय निकुञ्जले यहाँ आउने पर्यटकले अब प्लास्टिकको सट्टा कपडाको झोला बोक्नुपर्ने र अत्याश्यक प्लास्टिकजन्य वस्तु लिएमा फर्किंदासँगै ल्याउनुपर्ने नियम लागु गरिएको निकुञ्जका निमित्त वरिष्ठ संरक्षण अधिकृत राजु घिमिरेले जानकारी दिए । उनले पर्यटकले प्लास्टिकका झोला तथा प्लास्टिकजन्य वस्तु निकुञ्जभित्रै फाल्ने क्रम बढेकाले यस्तो निर्णय लिनुपरेको बताए ।
Read full story at source (baahrakhari.com)