बाढीपीडितको लागि अभिनेत्री वर्षा सिवाकोटीद्वारा तीन लाख सहयोग
ratopati.com · Sun Aug 30 08:03:24 GMT 2026

काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटीले बाढीपीडितको पुनर्वासका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तीन लाख रुपैयाँ सहयोग गरेकी छन् । उनले आइतबार उक्त सहयोग प्रदान गरेकी हुन् ।
प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गरेको जानकारी दिँदै वर्षाले फेसबुकमा लेखेकी छन्, ‘यो रकमले उहाँहरूको पीडा त मेटाउन सक्दैन, तर कठिन समयमा उनीहरूलाई थोरै भए पनि राहत र आशा दिन सकोस् भन्ने मेरो आफ्नो प्रयास हो ।’ उनले बाढीपीडित परिवारलाई फेरि आफ्नो खुट्टामा उभिन सक्ने बनाउन सबैले आफ्नोतर्फबाट सकेको सहयोग गर्न आग्रह गरेकी छन् ।
Read full story at source (ratopati.com)