माटोले पुरिएको अवस्थामा भेटियो पैसा राख्ने लकर
gorkhapatraonline.com · Sun Aug 30 08:02:49 GMT 2026

भाद्र १३ गते धादिङ जिल्लाको गल्छी गाउँपालिका –६ बैरेनीस्थित पृथ्वी लोकमार्गमा माटोले पुरिएको अवस्थामा पैसा राख्ने लकर फेला परेको छ। उक्त लकर सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन वेश आदमघाटबाट सशस्त्र प्रहरी नायव उपरीक्षक अपार प्याकुरेलको कमाण्डमा खटिएको ९ जनाको टोलीले फेला पारेको हो ।
सो बेशभन्दा करिव ६ किलोमिटर पूर्वतर्फ फेला परेको उक्त लकर स्थानीय जनप्रतिनिधि तथा भद्रभलाद्मीहरूको उपस्थितिमा आवश्यक कारवाहीको लागि नेपाल प्रहरीमा बुझाइएको सशस्त्र प्रहरी निरीक्षक दिलकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
Read full story at source (gorkhapatraonline.com)