देवानगन्ज हिंसा : घटना हुँदा सुनसरीमा थिएनन् दुवै एसपी, डीआईजी पनि बिदामा
nagariknews.nagariknetwork.com · Mon Jul 27 13:20:49 GMT 2026

सुनसरीको देवानगन्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित जिल्लाका सुरक्षा नेतृत्वमा व्यापक हेरफेर गरेको छ। तर घझडप हुँदा जिल्लाका दुवै सुरक्षा निकायका प्रमुख र प्रदेश प्रहरी प्रमुख कार्यस्थलमा अनुपस्थित रहेको खुलेको छ।
स्रोतका अनुसार घटनाका बेला जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) केशव थेवे बिदामा थिए। त्यसैगरी, सशस्त्र प्रहरी बल सुनसरीका एसपी श्यामकुमार कार्की केही दिनअघि नै प्रधान कार्यालय पुगेका थिए। कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरे पनि बिदामा रहेको स्रोतले जनाएको छ। यस्तो अवस्थामा जिल्लाको सुरक्षा संयन्त्र नेतृत्वविहीनजस्तै बनेको भन्दै सुरक्षा व्यवस्थापनमाथि प्रश्न उठेको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)